हाम्रो बारेमा
नेपालकै मध्यभागमा अवस्थित मध्यबिन्दु नगरपालिका वडा न. ७ नवलपरासी जिल्ला बर्दघाट सुस्तापुर्व, गण्डकी प्रदेश्, चोरमारा बजार पुर्व पश्चिम राजमार्ग देखी करीब ३०० मि. दक्षिणमा सबिक तम्सिया, प्रसौनि, देउरालि, मैनाघाट, हुप्सेकोट्, नयाँ बेलाहानि, दुम्किबास्, बेनिमणिपुर्, ढुर्कोत्, नारायणी, कोल्हुवा, कुमारवर्ति, कावसोति, राकाचुली गा. वि. स. का नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले २०५२ साल भाद्र महिनाबाट सेवा प्रदान गर्दै आएकोमा परिवर्तित राजनीति ब्यवस्था अनुरुप २०८०|०३|२५ मा मध्यबिन्दु नगरपालिका कार्यपलिकाको निर्णय अनुसार प्रथ्मिक स्वास्थ्य केन्द्रले आफुलाई मध्यबिन्दु नगर अस्पतालामा स्तरोन्नती गरी २०८० साल श्रावन महिनाबाट आफ्नो स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।
यसले हाल मध्यबिन्दु नगरपालिकाको १५ वता वडा लगायत कावासोती र हुप्सेकोट गाउपलिका, निस्दी गाउपलिका, विनयी तृवेणिका केहि भागबाट सेवाग्राहिलाई अन्तरङ, वहिरङ, आपतकालीन र निरोधात्मक स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । हाल यस अस्पतालको सेवा छेत्र भित्र कारीब १५०००० लभग्राही रहेका छन ।

